• ज्वागल ललितपुर (यु‌.एन. पार्क नजिकै)
  • +९७७-०१-५५२२७१६
  • aphin2055@gmail.com

सूचनाहरु

संस्थाको शुरुवात

11 Dec 2019

संस्थाको ऐतिहासिक पृष्ठभूमि हेर्नुभन्दा अगाडी सर्वप्रथम यो संस्थाको शुरुवात भन्दा अगाडी ॐ अस्पताल, ॐ हेल्थ फाउण्डेशन, डा. सुदिप श्रेष्ठ, किरण सिङ राणा लगायतको योगदान र भूमिकालाई नकार्न र बिर्सन सकिँदैन । 



जब ॐ अस्पतालमा अर्कोलोजिष्ट डिपार्टमेन्टमा कार्यरत डा. सुदिप श्रेष्ठज्यूको पेसेन्टको रुपमा उपचारमा आउनुभएको किरण सिंह राणाले अस्पताल, अस्पतालमा कार्यरत चिकित्सक त्यहाँका क्यान्सर केयर सेन्टरमा काम गर्ने स्वास्थ्यकर्मीको व्यवहारबाट प्रभावित भई रु.३,००,००० (तीन लाख) गरिबका लागि खर्च गर्न कोष बनाउने चिकित्सक डा. सुदिप श्रेष्ठ ज्यूलाई दिने योजना अनुसार तत्कालिन ॐ अस्पतालको प्रबन्ध निर्देशक डा. हरिकिशोर श्रेष्ठज्यूले ॐ अस्पतालमा कृयाशील उहाँले प्राप्त गरेको रकम ॐ हेल्थ फाउण्डेशन मार्पmत खर्च गर्न व्यवस्था मिलाउने आग्रह अनुसार सामाजिक संस्था ॐ हेल्थ फाउण्डेशनका कार्यालय प्रमुख मणिराज पौडेललाई त्यो रकमको कोष बनाउन निर्देशन दिए पश्चात ॐ अस्पतालको सभाकक्षमा अस्पतालका तत्कालिन अध्यक्ष तथा ॐ हेल्थ फाउण्डेशनको अध्यक्ष वरिष्ठ गाइनोकोलोजिष्ट चिकित्सक डा. भोला रिजाल ज्यूको रोहवरमा किरण सिंहले डा. सुदिप श्रेष्ठज्यूलाई रकम हस्तान्तरण कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न भएको केही दिनपछि डा. सुदिप श्रेष्ठ, डा. विजेश राज घिमिरे र मणिराज पौडेल बीच छलफल पश्चात क्यान्सर रोगसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमको शुरुवात भयो, त्यसपछि ॐ अस्पतालमा कार्यरत केही व्यक्ति र बिरामीहरुलाई समावेश गरी एउटा संस्था बनाउने निर्णय सहित ॐ अस्पतालको क्यान्सर केयर सेन्टरको कोठा नं. ३१८ मा एउटा सामाजिक संस्थाको अनौपचारिक कार्यालय बस्यो । 

सोही कार्यालयमा संस्थाको कार्यसमिति गठन गरी पत्रकार तथा अधिवक्ता मणीराज पौडेललाई संस्थाको वैधानिकता दिन गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने जिम्मा दिइयो । सोही अनुसार संस्थाको विधान नेपाल क्यान्सर सहयोग समूह र वर्तमान लोगोको कन्सेप्ट मणि पौडेलले बनाई कार्यसमिति र डा. सुदिप श्रेष्ठबाट अनुमोदन गरी विभिन्न निकायमा संस्थाको सम्पूर्ण वैधानिक काम सकेर जि.प्र.का. काठमाडौंमा मिति २०६७÷०१÷०३ मा दर्ता गरी नेपाल क्यान्सर सहयोग समूह नामक संस्थालाई वैधानिकता दिई नेपालको सामाजिक संस्थामा एउटा संस्था थप्ने काम भयो ।