• ज्वागल ललितपुर (यु‌.एन. पार्क नजिकै)
  • +९७७-०१-५५२२७१६
  • aphin2055@gmail.com

हालसम्मको कार्यहरु

आफ्नो स्थापना भन्दा अगाडी भएका र नर्सिङ होम एशोसिएशनदेखि आजसम्म यसलाई नेतृत्व दिने संस्थाको कार्यसमितिको औपचारिक र अनौपचारिक रूपमा पदाधिकारीहरूले गरेका भेटघाट र अफिनले औपचारिक गरेका कार्यक्रमबाट राज्यलाई निजी स्वास्थ्य संस्थाको छाता संस्थाको रूपमा स्वीकार्न बाध्य बनाएको छ यो महत्वपूर्ण कार्य हो।

यसैको सिफारिसमा एम्बुलेन्स स्टाफ गाडी शबबहानलगायत सवारी साधन निजी स्वास्थ्य संस्थाले छुटमा पाउने विद्युतका लागि वैकल्पिक लाइन प्राथमिकतापूर्ण इन्धन आपूर्ति अस्पताल र चिकित्सकहरूको सुरक्षा दिने व्यवस्था मिलाउने कार्य राज्यले गरेको छ यो दोश्रो महत्वपपूर्ण कार्य हो। त्यस्तै देशका बाढीपीडित लगायत दैविक प्रकोप परेको समयमा सम्बन्धीत स्थानमा गएर स्वास्थ्य शिविर सम्पन्न गरी अफिनले सामाजिक कार्य समेत गरेको छ। अर्थमन्त्रालयमा अन्तरकृया कार्यक्रम काठमाडौंको लैनचौरमा बृहत राष्ट्रिय भेला इन्द्रायणीमा राष्ट्रिय भेला र सरकार प्रमुख तथा देशको प्रबुद्ध व्यक्तिहरूसँग भेटघाट र हाल बागमती सफाइमा ३५६५० माक्स ३५१५० थान ग्लोबल स्वास्थ्य विभागलाई हस्तान्तरण गरेको छ। गत २०७२ वैशाख १२ गते गएको महाभूकम्प तथा पराकम्पन पश्चात–१३ गतेदेखि यस संस्थामा आबद्ध सदस्य संस्थाहरूको भवन निरक्षण समस्या बुझन् काठमाडौं उपत्यकाको सम्पूर्ण निजी स्वास्थ्य संस्थाहरूमा संस्थाका उपाध्यक्ष डा. पदम खड्का र जनसम्पर्क अधिकृत मणि पौडेल गई अफिनको उपस्थिति जनाई उहाँहरूलाई आवश्यक परेको समयमा अफिन तयारी अवस्थामा रहेको वातावरणको सृजना गरेको र अफिन कार्य समितिले सरकारसँग वार्ता गरि अस्पताल खोल्न सहजीकरण गर्ने कार्य पनि अफिन पदाधिकारीज्यूहरूले गरेको बर्तमान कार्य समितिको अत्यन्त सुजबुझबाट राज्यले ल्याएको स्वास्थ्य संस्था स्तरउन्नती मापद48ड २०७१ को मापद48डलाई शंशोधन गराई अस्पताल मापद48ड पुरा गर्न ३ वर्षबाट सात वर्ष पुर्यातएको छ। राज्यले हालसम्म स्वास्थ्य व्यवस्था समिति (२०५८ चिकित्सा परामर्श सेवा शुल्क २०५९ र स्वास्थ्य सुरक्षा कोष संचालन २०७१ स्वास्थ्य कल्याणकारी कोष जस्ता विभिन्न समिति गठन गरि त्यस्मा अफिनको पदाधिकारीहरू पदेन सदस्य राख्ने व्यवस्थाको साथै स्वास्थ्य नीतिका बारेमा छलफल गर्न परेमा अफिनलाई बोलाउने हैसियत सम्म बनाउन अफिन सफल भएको छ। त्यस्तै ०६३ सालमा सातवटा निजी स्वास्थ्य संस्था नविकरण गरी अफिनमा कृयाशिल भएदेखि आजसम्म १२८ वटा निजी स्वास्थ्य संस्था त्यसमा आबद्ध भई कृयाशिल भइरहेको छ ।