• ज्वागल ललितपुर (यु‌.एन. पार्क नजिकै)
  • +९७७-०१-५५२२७१६
  • aphin2055@gmail.com

अफिनको ऐतिहासिक पृष्ठभूमी

प्रजातन्त्र पुर्नवहाली पश्चात आर्थिक उदारिकरणको शुरूवात सँगै विभिन्न विषयका उद्योग व्यवसाय स्थापनाको क्रममा चुनौतीको सामना गर्दै बढ्दो जनसंख्या बृद्धि र उनीहरूमा जागेको स्वास्थ्यको चेतनासमेतलाई दृष्टिगत गरि केही अग्रज चिकित्सकहरू जसमा वरिष्ठ सर्जन डा. अन्जनी कुमार शर्माले अन्नपूर्ण नर्सिङ्ग होम स्थापना गरि नेपालमा निजी स्तरबाट नेपाली जनताको स्वास्थ्य सेवामा समर्पित हुन प्रेरणा दिनु भए पश्चात जनमानसमा स्तरीय स्वास्थ्यको चाहना आफ्नो रोग र स्वास्थ्य उपचार प्रतिको चेतना फस्टाएको कारण उपचार गर्न चिकित्सक र अस्पतालको खोजीमा तत्कालीन अवस्थामा लगभग नेपालको ४४७० शैया अवस्थित सरकारी स्वास्थ्य संस्था अपुग भइरहेको थियो। यो अवस्थामा विदेशमा अध्ययन गरी फर्केका वा रिटायर्ड भएका विज्ञ चिकित्सकको भावनामा आएको भावस्वरूप देशको सेवा गरी आफूले जानेको काम गर्न आफूसँग भएको दुःखको आर्जन स्वास्थ्य जस्तो उद्योग चुनौतीपूर्ण उद्योग व्यावसायमा लगाई नेपालको निजी स्तरवाट स्वास्थ्य संस्था स्थापना गरि नेपालीहरूमा सेवा गर्ने अभिप्रायले वरिष्ठ चिकित्सक क्रमशः डा. लोक विक्रम थापा (हिमाल अस्पताल) स्व. डा. लोहनी डा. राम प्रसाद पोखरेल एभरेष्ट नर्सिङ होम डा. भोला रिजालज्यूले (ॐ अस्पताल) स्थापना गरी नेपालमा निजी स्वास्थ्य संस्था स्थापना गरी संचालनमा ल्याई स्वास्थ्य क्षेत्रमा निजी अस्पताल खाल्े ने महत्वपूर्ण कार्यको सुरूवात भयो।


 

चुनौतिपूर्ण वातावरणमा निजी स्वास्थ्य संस्था चिकित्सकहरूले सन्चालन गरेको १ वर्षभित्र अन्य विभिन्न स्थानमा खोलिएका निजी स्वास्थ्य संस्था खोली करिब ७०० शैया क्षमताबाट देशका नागरिकहरूलाई स्तरीय स्वास्थ्य सेवा दिन सक्षम भयो। जतिबेला राज्य सम्पूर्ण शक्ति लगाएर देशभरी ४५०० शैया अवस्थित थियो। तत्काललीन अवस्थामा निजि क्षेत्रले राज्यलाई समेत सहयोग गरेको थियो।

यसै क्रममा डा. अशोक बासकोटा जगदीशाल बैद्य डा. उपेन्द्र देवकोटा डा. सच्चेकुमार पहाडी उद्योगपति बसन्त चैधारी समेतको संलगनतामा वि.ए48ड.वि. नर्भिक जस्ता नर्सिङ्ग होम स्थापना भई नेपाली लगायत विदेशहरूबाट उपचारमा विश्वास गरी नेपालको स्तरीय स्वास्थ्य सेवाको विश्वसनीयता गर्दै उनीहरूले प्रशंसा गरी निजी स्वास्थ्य संस्थाहरूलाई अगाडी बढाउन सबैले सहयोग गरेको देखिन्छ। यसबाट नेपालमा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा पाउन सकेको अनुभव हुन सक्यो।

दक्ष चिकित्सक स्तरीय सेवा दिन सक्ने चिकित्सकहरू यहाँ हुँदा हुँदै आधुनिक उपकरणहरू भए विदेशमा जाने र पालो पर्खने समस्याको अन्त्य हुनेछ। यस्ता समस्या समाधान गर्न सहुलियत दरमा सरकारी अस्पतालले सुविधा पाए सरह सुविधा पाएमा र आर्थिक संकट परेका निजी स्वास्थ्य संस्थालाई राज्यले सहयोग गरेमा अझ देशमा सर्वसाधारणलाई स्तरीय सर्वसुलभ स्वास्थ्य सेवा दिन र धेरै जनशक्तिलाई रोजगार दिन सकिने छ। तसर्थ यी विविध सुविधा स्वास्थ्य संस्थाले कुनै पनि निकायबाट लिन आफ्नो हक अधिकारको संरक्षण गर्न सबै निजी स्वास्थ्य संस्थाहरू एकहुन जरूरी छ भन्ने ठानेर हाम्रा समस्याहरू हाम्रा हकहितका कुराहरू राख्न पाउने सुविधा र अधिकार लिन र राज्यलाई स्वास्थ्य नीति बनाउन सहयोग गर्ने समेतका कुराहरू सुझावहरू राख्न एउटा संस्था खोल्नुको विकल्प थिएन। एउटा संस्था परिकल्पना भन्दा राज्यले स्तरीय स्वास्थ्य सेवा नागरिकलाई दिनुपर्ने उसको आफ्नो कर्तव्यका साथै खोलिएका निजी स्वास्थ्य संस्थालाई नियमन गर्नु अग्रजहरूको कर्तव्य थियो। निजि स्वास्थ्य संस्था संग नमिली राज्यले मात्र स्तरिय सेवा दिन सक्दैनथ्यो। निजी क्षेत्रको सहभागीता आवश्यक थियो। निजी क्षेत्र राज्य समेत भएर स्तरिय स्वास्थ्य सेवामा गरेको प्रयासका कारण केही हदसम्म स्तरीय स्वास्थ्य सेवा देशमा आम जनताले पाएका थिए। तर राज्यले निजी स्वास्थ्य संस्थालाई केही सहयोग गरेको थिएन। एकातिर निजी स्वास्थ्य संस्थातिर विरामीहरू आर्कषित भइरहेका थिए भने समस्याका रूपमा अर्कोतिर निजी स्तरबाट खोलेको संस्थाहरूमा आर्थिक अभावका कारण आधुनिक उपचार सामग्री मेसिनरी सामानहरू ल्याउन सकिरहेका थिएनन्। जसबाट विरामीहरूलाई उपचार गर्न कठिन भइरहेको थियो। त्यस्तो अवस्थामा निजी स्वास्थ्य संस्थाको दर्ता प्रकृयामा सरलीकरण उपकरण ह्रासकट्टी सामान निकासामा लाग्ने कर आयकर बिक्री करको मिनाह पानी बिजुली महसुलमा सहुलियत सेवामूलक उद्योगले पाउने सुविधा टेलिफोन जस्ता सुविधा पाउनु पर्ने लगायत समस्याहरू समाधान गर्न र राज्यको स्वास्थ्य नीति निर्माणमा समेत सहयोग गर्न अभिप्रायले २०५१ सालको अन्त्यतिर वरिष्ठ सर्जन डा. अन्जनी कुमार शर्माले एउटा संस्थाको परिकल्पना गर्न स्वयम् डा. शर्मा डा. लोकविक्रम थापा डा. राम्रसाद पोख्रेल डा. भोला रिजाल विनय गिरी आदी बसी डा. अन्जनी कुमार शर्माको अध्यक्षतामा नेपाल नर्सिङ्ग होम एसोसिएशन नामक संस्था स्थापना गरी नेपालमा निजी स्वास्थ्य संस्थाहरूको संगठनका रूपमा पहिलो संस्था स्थापना भयो।



संगठनमा उपाध्यक्ष डा. भोला रिजाल सचिवमा डा. सन्तोष शर्मा सहसचिवमा विनय गिरी सचिवमा रूद्र नारायण डंगोल सदस्यहरूमा डा. रमेश चाँखनी डा. थापा ओम घिमिरे डा. अमात्य र मल्ल जस्ता वरिष्ठ व्यक्तित्वहरू रहेको एक समिती गठन गरियो। तर संस्था स्थापना पछि अत्यन्त व्यस्त चिकित्सकहरूको समय र उहाँहरूलाई सहयोग गर्ने मानिसको अभाव भएका कारण केही काम नभए पनि संस्थाले बेलाबेलामा केही कार्यक्रम गरी संस्थालाई कृयाशिल गराई राज्यसँग आफ्नो समस्या समाधानको माग राख्ने कार्यमा भने संस्था कहिले चुकेन।

यसै कार्यकाल मै एशोसिएशनको सिफारिसमा एम्बुलेन्स ल्याउने नीति राज्यले बनाएका थियो। यसपछि विस्तारै देशभरि विभिन्न स्थानमा निजी अस्पताल नर्सिङ्ग होम मेडिकल कलेज आदी खोल्ने क्रम जारी नै रह्यो भने एशोसिएशन पुन शिथिल भयो। त्यस समयमा स्थापना भएको संस्था आफ्ना समस्या आफै राख्न थाले र संस्थालाई समय अभाव र काम गर्ने व्यक्तिको अभावका कारण संस्था पर्दा पछाडि छायामै रह्यो।


देशमा आवश्यक श्रोतसाधनको कमिले गर्दा सामान्य स्वास्थ्य सेवा पाउन नसकिरहेको र राज्यले सो समस्या पुरा गर्न नसकिरहेको अवस्थामा ९५ प्रतिशत स्वास्थ्य क्षेत्रमा काम गर्दै रहेको विशेषज्ञहरूले सेवामूलक व्यावसाय भनी जानाजानी थाहा पाइ–पाई चुनौतीको सामना गर्दै निजी संस्था खोली नेपालीहरूको स्वास्थ्य उपचार सेवामा समर्पित उहाँहरू संलग्न निजी स्वास्थ्य संस्थाहरूमा आइपरेका समस्याहरू ज्यूका त्यूँ भएकोले ती निजी स्वास्थ्य संस्थाहरूको समस्या समाधान गर्न फेरी निजसी सस्थाहरू एकै ठाउँमा बसी बृहत रूपमा मेडिकल कलेजहरू समेतलाई समेटी एउटा ठुलो संस्था परिकल्पना गरी संस्था बनाई राज्यलाई दबाब र सहयोग गर्नेदेखि बाहेक अर्को विकल्प थिएन। यसमा सबै सहमति भई त्यही उद्देश्यले २०५५ सालमा डा. भोला रिजालज्यूको अध्यक्षतामा एशोसिएशन अफ प्राइभेट हेल्थ इस्टिच्यूशन अफ नेपाल नामक संस्था पुनः स्थापना भयो। जसमा उपाध्यक्ष डा. एन.जी. अमात्य महासचिव विष्णु सुवेदी सहसचिव सुरेश सत्याल कोषाध्यक्ष मोहन विक्रम सिलवाल सदस्यमा मनराजा डंगोलको तदर्थ समिति गठन गरी आफनो हक अधिकार संरक्षण गर्ने उद्देश्य सहितका अफिनको विधान बनाई २०५५।५।२१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी विधीवत संस्थालाई मूर्तरूप दिइयो।


संस्था स्थापना र दर्ता पश्चात वरिष्ठ गाइनोलोजिष्ट डा. भोला रिजालज्यूको नेतृत्वको कार्य समितिले नक्सालमा कार्यालय राखी तत्कालीन महासचिव विष्णु सुवेदी स्वयंले कार्यालय तथा कार्य समितिको काम सम्हालेता पनि अध्यक्षको व्यस्तता महासचिवको व्यस्तताले बैठक तथा सचिवालय त्यति राम्ररी सन्चालन भएन तर पनि उहाँहरूले समय समयको विभिन्न व्यक्तिहरू सँगको भेटघाट औपचारिक अनौपचारिक कार्यक्रम तथा संस्थाले गर्ने थोरै सार्वजनिक सभा समिनार गषेठीलगायत प्र.म. स्वास्थ्यमन्त्री अर्थमन्त्रीहरूसँगको भेटघाट छलफल गरेबाट पनि उहाँहरूबाट यस संस्थालाई दिएको महत्वले यस संस्था देशको स्वास्थ्य संस्थाहरू मध्ये उत्कृष्ट संस्थाको रूपमा मान्यता प्राप्त गर्न सक्यो। संस्था स्थापनाको केही वर्ष पछिदेखि २०६३ सालसम्म पुनः कार्य समितिका पदाधिकारीहरूको कार्य व्यस्तताले संस्था छायामा रहन पुगेको जगजाहेर थियो। २०६३ को जन आन्दोलनको परिवर्तन पछि निजि स्वास्थ्य संस्थामा आएका राजनैतिक समस्या राज्य र निजी स्वास्थ्य संस्थाहरूबीच बढेको असमझारीले राज्यले निजी स्वास्थ्य संस्थालाई लगाएका ट्याक्स भ्याट लगायत विगतदेखि भएका अन्य समस्याहरू समाधान गर्न फेरी निजी स्वास्थ्य संस्थाहरू अफिन मार्फतै एकताबद्ध भई अगाडी बढ्नु पर्ने महसुस गरी २०६३ भदौमा बसेको एफिन कार्य समिति बैठकले कार्यालय ॐ हस्पिटलमा राख्ने र कार्यालय सचिव पार्ट टाइममा राख्ने निर्णय गरियो। सो निर्णय पश्चात २०६३ मार्गबाट अफिनको पहिलो कर्मचारीका रूपमा पत्रकारिता गर्दै गरेका कानून विद्यार्थी मणिराज पौडेललाई कार्यालय सचिवको रूपमा २५०० पारिश्रमिक दिने गरी पार्टटाइम राखियो।


नियुक्ति पाएका कार्यालय सचिवले नियुक्ति पश्चात पाएका कार्यालय सचिवका रूपमा काम गर्न शुरू गरे सर्वप्रथम अफिनका कागजपत्रहरू जे जति जून अवस्थामा थिए जसमा केही अस्पतालका फाइलहरू र संस्था दर्ताको प्रमाणपत्र फोटोकपी र पुरानो रसिद प्याड ओम अस्पतालमा ल्याई कागजता जम्मा गर्दै पहिलो बैठक प्राध्यापक डा. अन्जनिकुमार शर्मा प्रा.डा. लोक विक्रम थापा डा. भोला रिजाल डा. उपेन्द्र देवकोटा डा. शतिष बजाज डा. भोला रिजाल डा. रामप्रसाद पोख्रेल विनय गिरी सहितको सहभागीतामा कार्य समितिको बैठक बसाली अफिन सचिवालयको औपचारिक बैठक बस्ने कार्य शुरू गरियो। संस्थाको विधान दर्ता प्रमाणपत्र सक्कल प्रतिलिपि खोज्ने कार्यमा सिअडिो कार्यालयबाट ल्याइयो। भेट्टाएको रसिदको आधारमा अस्पतालहरूलाई कन्भिन्स गराउँदै नयाँ सदस्य बनाउँदै अफिनको कार्य समितकिो बैठक विभिन्न समयमा बस्दै सदस्य भएका अस्पतालका सदस्यहरू बारेमा कामहरू गर्न सुरू गर्दै समय समयमा सरकारलाई समस्याहरू राख्दै यस संस्थालाई सशक्त बनाउँन बेला बेलामा अन्तरकृया राष्ट्रिय भेलाहरू साधारण सभाहरू गर्ने सिलसिलामा ०६२ साल पछि पहिलो साधारण सभा र निर्वाचन २०६६ मा सम्पन्न भयो।

जसमा डा. भोला रिजाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो। सो कार्य समितिको कार्यकालमा केही नयाँ सदस्यहरूको आगमन भयो। सो समयमा स्वास्थ्य संस्थाहरूबीच एकताको प्रयास सँगै राज्यसँग पनि अफिनले धेरै स्थानमा आफ्न मो हत्व देखाउन सक्यो। ०६८ सालमा समय अभावले एकै पटक साधारणसभा र निर्वाचन गर्यो् यसै साधारण सभामा अफिनले आफ्नो स्मारिका प्रकाशन गर्योै। जून स्मारिका प्रकाशन समितिको संयोजक न्यूरो अस्पतालका अध्यक्ष प्रा.डा. मधु देवकोटा मननाते हुनभयो। जसमा डा. भोला रिजालको अध्यक्षतामा यही कार्य समितिले पहिलो कामका रूपमा आफ्नो कार्यालय ॐ हस्पिटलबाट तिनकुनेमा भाडा लिएर बैठक कक्ष सहित तिन कोठा कार्यालय स्थापना गर्योू जुन कार्यालयमा तत्कालीन वरिष्ठ उपाध्यक्ष बसन्त चौधरीज्यले फर्निचर लगायत विशेष सहयोग गर्नुभएको थियो। यो कार्य समितिको कार्यकाल अन्त्य अन्त्यमा कार्यालयमा एक सहायक र कार्यालय सहयोगीको दरबन्दी गरी राख्ने निर्णय गरियो।


२०७० मा अफिनको तत्कालीन उपाध्यक्ष कुमार थापा र महासचिव गोपीकृष्ण न्यौपानेले विराटनगर बुटवल चितवन भ्रमण गरी केही सदस्य बनाउनुभयो। २०७१ वैशाख १२–१३ गते साधारणसभा र निर्वाचन सम्म आइपुग्दा १०७ वटा संस्था आबद्धता भई कृयाशिल हुँदै निर्वाचनमा भाग लिए। जून निर्वाचनमा तत्कालीन अध्यक्ष डा. भोाल रिजालज्यूले निर्विरोध अध्यक्षका लागि नर्भिक अस्पतालका अध्यक्ष तथा वरिष्ठ साहित्यकार बसन्त चौधरीलाई अफिनको अध्यक्षमा प्रस्ताव राख्नु भयो भने महासचिवमा पोखरा चितवनको तर्फबाट साझा उम्मेदवार डा. पदम खड्का र तत्कालीन महासचिव गोपीकृष्ण न्यौपानेको उमेदवारी पर्योट। तत्कालीन वरिष्ठ उपाध्यक्ष बसन्त चौधरीको आग्रहमा डा. पदम खड्काज्यूले महसाचिवको उमेदवारी फिर्ता झकी तत्कालीन गोपीकृष्णज्यूलाई समर्थन गरेपछि निर्वाचन निर्विरोध सम्पन्न भयो। यस पटक अफिन स्थापना देखि पहिलो पटक महिला उमेदवार समेत निर्वाचित हुनु भएकोले महिला सहित कार्य समिति गठन भयो। (यसभन्दा अगाडी २०५५।११।२९ मा डा. पिङ्गला अमात्य पनि कार्य समितिमा रहनु भएको थियो।) जुन साधारण सभाले वसन्त चौधरीज्यूको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित हुनुभयो जसमा स्थापना देखिका अध्यक्ष डा. भोला रिजालज्यूलाई सम्माननीय पदका रूपमा एमिरेट प्रेसिडेन्ट निर्विरोध निर्वाचित गरियो भने पाँच क्षेत्रको पाँच जना र केन्द्रमा १ गरी ६ उपाध्यक्ष र दुईजना सदस्य मनोनयन गर्ने व्यवस्था सहित विधान संशोधन पास गरी २५ सदस्यीय कार्य समिति गठन गरियो। यसरी डा. अन्जनी कुमार शर्माको नेपाल नर्सिङ्ग होम एशोसिएशन देखि डा. भोला रिजालज्यू र बसन्त चौधरीको कार्यकाल सम्म आइपुग्दा यो ऐतिहासिक रूपरेखा बनुन्जेल १२८ वटा देश भरिका अस्पताल सदस्य बनिसकेका छन्। अफिनमा तत्कालीन महासचिव विष्णु सुवेदी विनय गिरी गोपिकृष्ण न्यौपाने डा. सन्देश जि.सी. र मणिराज पौडेलज्यूको योगदाचन लाई अफिनले विर्सन सक्दैन। 


नोट: मैले पुराना कागज पत्रहरुबाट सकेसम्मको जानकारीका आधारमा बनाएको हो त्रुटी घटी बढी भएमा थपघट गर्न सकिन्छ। (मणि पौडेल)